नियम २०
प्रतियोगितात्मक परीक्षामा बढुवाको आधार

(१) नियम १९ बमोजिम आन्तरिक प्रतियोगितात्मक………………. परीक्षाद्वारा बढुवा गर्दा आयोगले सञ्चालन गरेको परीक्षामा सफल हुने उम्मेदवारहरुमध्येबाट सिफारिस गरेको आधारमा बढुवा गरिनेछ ।
(२) उपनियम (१) बमोजिमको परीक्षा लिंदा रिक्त पदको लागि उपयुक्तता जाँच्ने किसिमको सैद्धान्तिक ज्ञानको साथै व्यावहारिक ज्ञानको परीक्षणमा विशेष जोड दिइनेछ ।